काजिरोवापोष्ट जेठ ११ डोल्पा ।
दुनै डाेल्पा : डिप्लोमा इन्जिनियर्स एसाेसियसन नेपाल(डिन)काे ४४ औं बार्षिक उत्सवकाे अवसरमा डाेल्पाका दुई बिधालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण वितरण गरिएको छ । डिप्लोमा इन्जिनियर्स एसाेसियसन नेपाल(डिन) कर्णाली प्रदेश कमिटी सदस्य प्रकाश बुढाकाे अध्यक्षतामा शुक्रबार एक कार्यक्रम गरि ठुलीभेरी नगरपालिका वडा नं. २ स्थित श्री मान्मा आधारभूत विधालय कुम्ली र श्री सुनदह आधरभुत विधालय कर्पका बालबालिकालाई कापीकलम र खेलकुदका सामाग्री वितरण गरिएको डिन डाेल्पाका उपाध्यक्ष राज कुमार बुढाले बताए ।
डिन काे बार्षिक उत्सवकाे अवसरमा मनाेरञ्जनात्मक खेल खेलाई दुई विधालयमा अध्ययनरत ५२ जना बालबालिकालाई शैक्षिक र खेलकुदका सामाग्री वितरण गरिएको हाे । डिप्लोमा इन्जिनियर्स एसाेसियसन नेपाल(डिन)काे ४४ औं बार्षिक उत्सवकाे शुभकामना दिदै बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरि रचनात्मक सहयाेग गरेकाे भन्दै दुवै विधालयले धन्यवाद व्यक्त गरेका छन