कान्जिरोवापोष्ट जेठ २३ डोल्पा ।
सरोज थापा दुनै : डोल्पाको मुड्केचुला गाउपालिका वडा नम्बर २ भित्र पर्ने टिमुरे चौरको आफ्नै घरको सुत्ने कोठामा मंगलबार पासो लगाएर झुन्डिएको अबस्थामा भेटिएको आफन्तले बताएका छन ।
बिहान श्रीमान काम मा गएको समयमा घरमा एक्लै रहेकि श्रीमती निसा बिक आफ्नै सुत्ने कोठामा दोबट्टा प्रयोग गरि घाटिमा पासो लगाएर एक्कासि झुन्डिएको अबस्थामा भेटिएको श्रीमान एकराज सार्किले बताए । श्रीमती निसा बिश्वकर्मा संघ ७ महिना अगाडि समाजिक सन्जाल फेसबुक मार्फत चिनजान भएर बिहे भएको श्रीमान एकराजले बताए ।
आत्महत्या गरेकी श्रीमती को ल्हास ल्याएर श्रीमान पोष्टमार्ट्मको लागि जिल्ला अष्पताल दुनै आएको र बुधबार मात्र पोष्ट्मार्ट्म हुने बाहिरी हेर्दा सामान्य देखिने घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपि हरि कृष्ण के सि ले बताए ।