सरोज थापा Thursday, 6 June 2024

त्रिपुरासुन्दरीको मुहूँमा मध्य राती घरमा आगलागी , क्षेतिको विवरण आउन बाकी

कान्जिरोवापोष्ट जेठ २४ डोल्पा । 

सरोज थापा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका भित्रको मुहु गाउमा एउटा घरमा आगलागी भई घर जलेर नष्ट भएको छ। अन्दाजी बुधबार राति ११ बजे तिरको  त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुहू स्थित अनिल डसाल को २ तलाको घर जलेर नष्ट भएको वडा अध्यक्ष चन्द्ररूप डसालले जानकारी दिए। 

अध्यक्ष डसालका अनुसार रातिको ११ बजे तिर घर जलिरहेको अवस्थामा नजिकैको छिमेकीले देखेपछि गाउँका स्थानीयलाई खबर गरेका थिए। सबै गाउँका बासिन्दा सुतिरहेको अवस्थामा आगो लागेको जानकारी पछि मात्र घरमा लागेको आगो निभाउन पुरै गाउँका स्थानीय लागिपरेका थिए।

स्थानीयले घर भित्र सुतिरहेका डसालका परिवारलाई समयमै उद्दार गरि बचाएको आगलागीमा मानवीय क्षति नभएको वडा अध्यक्ष डसालले बताए । राती पानी परे पछि भने आगो निभाउनमा सहज भएको थियो । आगलागीको के कति कारणले भएको भने एकिन गरिएको छैन । भने विद्युतको तार शर्ट भएर आगलागी भयो कि भन्ने आसङ्का गरिएको छ । आगलागि घटनाको विषयमा प्रहरीलाई खबर गरेको र प्रहरीको नपुगेको कारण क्षेतिको विवरण एकिन नभएको लाखौ सम्पत्ति जलेर खरानी भएको अध्यक्ष डसालको बुझाई छ। 

घटनाको बारे जिल्ला प्रहरी कार्यलय डोल्पामा बुझ्दा प्रहरीलाई जानकारी नभएको हुदा जानकारी प्राप्त पछि नजिकै रहेको प्रहरी चौकी बाट प्रहरी खटाई घटनाको सत्य सथ्य विवरण आउने जिल्ला प्रहरी कार्यलय डोल्पाका सूचना अधिकारी कमल क्षेत्रिले बताए । आगलागी मध्य राती भएको कारण घटनाको विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । 

Related News