कान्जिरोवापोष्ट भदौ २९ डोल्पा ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना परियाेजना कार्यान्वयन इकाई दुनै डाेल्पा अन्तर्गत डाेल्पामा संचालित सिमि जाेन संचालन समन्वय समिति पुन: गठन भएकाे छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय डाेल्पाकाे सभाहलमा भएकाे कृषकहरुकाे भेलाले पालजाेर राेकायाका संयाेजकत्वमा ९ सदस्यीय सिमि जाेन संचालन समन्वय समिति गठन गरेकाे छ ।
सर्वसम्मत भएकाे समितिका दस्यहरुमा पासाङल्यामु राेकाया मंगली बुढा नन्दकुमारी बाेहाेरा तिर्सना बुढा जयरुपि बुढा धनबहादुर बुढाथोकी प्रेमबहादुर शाही र बिर्खबहादुर बाेहाेरा रहेका छन । प्रमुख अतिथि तथा पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले नेपाल मात्र नभइ विदेशमा समेत सिमिकाे माग बढ्दाे क्रममा रहेकाले बजारकाे मागलाई पुर्ति गर्ने गरि ब्यवसायिक रुपमा खेति गर्नु पर्ने बताउनु भयाे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना परियाेजना कार्यान्वयन इकाई डोल्पाका प्रमुख गाेविन्दबहादुर मल्लले आर्थिक जनशक्ति र साेच समेत नेपाल सरकारकाे भएकाे कार्यक्रम भएकाले आर्थिक बर्ष २०७२/०७३ देखि डाेल्पामा परियाेजना संचालनमा रहेकाे बताउनु भयाे । विशिष्टिकृत क्षेत्र विशेष पहिचान गरेर सुहाउंदाे माटाे अनुसार खेति गरि विदेशी उत्पादनलाई विस्तार गरि नेपालकाे उत्पादनकाे बजार विस्तार गरि स्थापित गर्नु कार्यक्रमकाे उद्देश्य रहेकाे उहाँको भनाई थियाे ।
पुन: गठन भएकाे समितिकाे काम नै समन्वय गर्ने रहेकाले यसकाे नाम नै सिमि जाेन संचालन समन्वय समिति रहेकाेले स्थानीय तह प्रदेश र संघिय सरकारसंग समन्वय गरि कार्यक्रम संचालन भइरहेकाे उल्लेख गर्दै कार्यविधि अनुसार नै ९ सदस्यीय समन्वय समिति गठन गर्ने प्रावधान रहेकाेमा यसकाे कार्यअवधि दुई आर्थिक वर्ष हुने बताउनु भयाे ।सिमिजाेन कार्यक्रम डाेल्पाका काइके र मुड्केला गाउँपालिकामा संचालनमा छ । समिति पुन: गठन भेलामाकार्यक्रम लागू भएका दुई पालिकाका कृषक र संचारकर्मीकाे सहभागिता रहेकाे थियाे ।