सरोज थापा Sunday, 15 December 2024

मेयर जुनचन्द्र रोकया द्वारा फुलचिङ्गको निर्मित बर्थिङ्ग सेन्टर भवनको उद्घाटन

कान्जिरोवापोष्ट 

सरोज थापा मंसिर ३० फुल्चिङ्ग डोल्पा ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ६ फुलचिङ्गमा नब निर्मित प्रशुती भवनको उद्घाटन गरिएको छ । यस नगरका नगरप्रमुख जनचन्द्र रोकाया बाट भवनको ब्यानर खोली उद्घाटन गर्नुभएको छ । जिल्ला स्वास्थ कार्यलय डोल्पाका डाक्टर अखण्ड उपाध्यायले मन्तव्य राख्दै स्वस्थ्य सेवा अब यहि बाट लिन सक्ने यदि जटिल  खालका बिरामिहरु मात्र दुनै हुँदै सुबिधा सप्पन्न ठाउ सम्म उपचारका लागि लिन सकिने अरु यहाँ बाट हुने सेवा यहि बाट भरपुर सेवा लिन र स्वास्थ सेवा चुस्त दुरुस्त गर्न तपाईहरु जागरुक हुन स्थानिय बासिहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्त के सि नबनिर्मित भवन यस नगरको सबै भन्द  राम्रो भएको बताउनु भयो । सोहि कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरलाले फुल्चिङ्ग प्रशुती गृह पाचौ नम्बरको उद्घाटन भएको बताउनुभयो । यो औपचारिक उद्घाटन भएको यस प्रशुती भवन बाट सेवा प्रबाह निरन्तर गर्न कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख जनचन्द्र रोकयाले यो प्रशुती गृह अर्थात बर्थिङ्ग सेन्टरको नब निर्मित भवन उद्घाटन गर्दा सारै खुसी लागेको बताउदै स्वास्थ भवन निर्माणका लागि जग्गा दाताहरुलाई समेत धन्यवाद व्यक्त गर्दै सेवा प्रबाह राम्रो गर्न गराउन पनि निर्देशन गर्दै आबश्यक जनशक्ति तथा कर्मचारी समेत थप गर्ने प्रतिबद्धता गर्नु भयो । उद्घाटन कार्यक्रम सोही ६ नम्बर वडा अध्यक्ष दिपेन्द्र चलाउनेले अब स्थानीय महिलाहरू र  बिरामिहरुले स्वास्थ्य सेवाको महसुस गर्ने भन्दै भवन निर्माणमा सहयोग गर्ने सबै निकायलाई एकमुष्ट धन्यवाद दिए ।



Related News