कान्जिरोवापोष्ट
सरोज थापा पुष १ लिकु डोल्पा ।
सचेत नागरिक मार्फत दिगो पुर्बाधार , स्वच्छ सरसफाइ सुशासन सहित समृद्ध नगर निर्माणको आधार भन्ने मुख्य नाराक साथ त्रिपुरासुन्दरी नगरपालिका आब २०८१/८२ को प्रथम चौमासिक सार्बजनिक सुनुवाइ तथा घुम्ती सेवा प्रबाह कार्यक्रम लिकुमा सम्पन्न गरिएको छ । नगरपालिकाको कुल बिनियोजित बजेट ५२ करोड ५४ लाख ८ सय ८१ रुपैयाँ मध्य हाल सम्म खर्च २१ दशमलव ५८ प्रतिशत खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरलाले जानकारी गर्नु भयो ।
कार्यक्रममा नगरपालिका विभिन्न शाखा प्रमुखहरुले प्रगती तथा हाल सम्म भए गरेका विभिन्न कार्यक्रमहरु प्रतुत गरिएको थियो । भने कार्यक्रममा सेवाग्राही तथा स्थानियहरुको उपस्थिति कम हुदा नगर प्रमुख र नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृतले असन्तुष्टि ब्यक्त गर्न भयो ।
उक्त कार्यकम बोल्दै नगर प्रमुख जनचन्द्र रोकाले जनतहरुलाई तत्कालीन सेवा प्रबाहमा जोड दिने , आबश्यकताहरुलाई पहिचन गरि तत्काल जनतहरुको समस्याहरुमा नगरपालिकाले सहजीकरण गर्ने र जनतहरुलाई मुस्कान सहितको सेवा प्रबाह गर्ने बताउदै प्रथम चौमासिक सार्वजनिक सुनुवाइ तथा घुम्ती सेवा प्रभाह कार्यक्रम सम्पन्न गर्नु भयो ।