सरोज थापा Friday, 20 December 2024

त्रिपुरासुन्दरी नगरपालिकाको १२ औ हिउदे सभा सम्पन्न ।

कान्जिरोवापोष्ट 

सरोज थापा पौष ५ त्रिपुराकोट डोल्पा ।


सचेत नागरिक मार्फत दिगो पुर्बाधार , स्वास्थ्य सरसफाइ शुसासन सहित समृद्ध नगर निर्माणको आधार भन्ने मुल नाराका साथ त्रिपुरासुन्दरि नगरपालिका को १२ औ हिउदे नगर सभा सम्पन्न  भएको छ । हिउदे सभा उद्घाटन सङ्गै स्वागत मन्तव्य राख्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरलाले नगरपालिका को कुल बजेट मध्यमा ३० प्रतिधत खर्च भएको अरु बाकी रहेको जानकारी गराउदै उपस्थित सबैलाई स्वागत गर्नु भयो ।

स्वागत मन्तव्यमा सबैले नगर सभा सफलताको शुभकामना दिदै केही गुनासाहरु पनि राखिएका थिए भने एक पछि अर्को पार्टीका प्रमुख प्रतिनिधिहरुले आफ्ना धारना राखेका थिए । माओवादी केन्द्रका प्रतिनिधि हेमराज हमालले हामी प्रतिपक्ष भएको र सोही अनुसरको व्यबहार भएको मन्तव्यमा उल्लेख गर्दै गुनासो गरे । नेकपा एमाले त्रिपुरासुन्दरी नगरपालिका कमिटिका अध्यक्ष कृष्ण धरलाले कर्मचारीहरुलाई कुनै पनि राजनैतिक दलको दवाबमा नरही नीति नियम भित्र रहेर निर्धक्क काम गर्न र गराउन अनुरोध गरे । 

नेपाली काग्रे प्रतिनिधि टोप बहादुर शाहीले नगरपालिका को हिउदे सभाको शुभकामना दिदै यस नगरपालिका भित्र संचालित बिकासका विभिन्न योजनाहरु जनताहरुलाई महसुस हुने उपयोग हुने गरि गर्न सुझाब दिदै मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका प्रमुख जन चन्द रोकायाले सभामा उठेका विभिन्न बिषय बस्तु र जनतहरुका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै जायज माग र सल्लाहा सुझावको कदर गर्दै अगाडि बढ्ने बताउदै उद्घाटन कार्यक्रम  समापन गरे । 

Related News