कान्जिरोवापोष्ट
सरोज थापा पौष ५ त्रिपुराकोट डोल्पा ।
त्रिपुरासुन्दरि नगरपालिका डोल्पाले १२ औ हिउदे नगर शभामा उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । स्वास्थ्य शाखाका प्रमुख तुल बहादुर श्रेष्ठ , सुस्वावा परियोजना वास एकाइ प्रमुख धन प्रशाद बुढा र प्राविधिक शाखाका सब इन्जिनियर जय प्रकाश शाहालाई ५ / ५ हजार नगद प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
नगरपालिका भित्रका कर्मचारीहरुलाई हौसला र कामको सम्मानको लागि मुल्यांकन गरि सम्मान गरिएको त्रिपुरासुन्दरि नगरपालिका त्रिपुराकोटका प्रमुख जन चन्द्र रोकायाले बताउनु भयो । सम्मानित तुल बहादुर श्रेष्ठले स्वास्थ्य क्षेत्रमा जिल्लाकै पहिलो पालिका बनाउन सफल भएकोमा सबैले प्रशंसा समेत कार्यक्रमम गरिएको थियो । अब त्रिपुरासुन्दरी नगरपालिकाले सम्मानित कर्मचारीहरु बाट सकारात्मक कुरा सिक्न र आफू पनि उदाहरणिय काम गरि सम्मानित हुन समेत प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए ।