सरोज थापा Friday, 24 January 2025

डोल्पा देखि रिफर गरिएको बिरामिको बाटोमै मृत्यु


कान्जिरोवपोष्ट

सरोज थापा माघ ११ डोल्पा ।

डोल्पा जिल्ला अष्पताल देखि थप उपचारका लागि नेपालगन्ज पठाएको एक जना बिरामिको बिच बाटो मृत्यु भएको छ । बिरामी भएर उपचार तथा चेक जाचको लागि जिल्ला अष्पताल दुनैमा बोकेर ल्याएका त्रिपुरासुन्दरि नगरपालिका वडा नम्बर २ का बर्ष २७ का लाल प्रशाद बुढाको चेक जाछ गर्दा कलेजोमा पानिको फोका भएको फोका फुटेर पेट दुख्ने भएको र अस्पतालमा बोकेर ल्याईएको हुदा जिल्ला अष्पतालमा जाँच्दा आन्दामा पनि समस्या भएकाले रिफर गरेको तर बुढाको बाटोमै मृत्यु भएको जिल्ला अष्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए ।   उपाध्यायले थप्दै भने यसरि सुबिधा सम्पन्न हस्पिटल नहुदा बर्सेनि मानिसहरुको अकालमै मृत्यु हुने गरेको बताए । 
Related News