कान्जिरोवापोष्ट
माघी पर्बको अबसरमा जगदुल्ला गाउपालिका वडा नम्बर २ काईगाउमा रहेको पाईले हिमाल युवा क्लबले बिभिद खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । युवा क्लबले महिला फुटबल ,महिला भलिबल र ब्याडमिन्टन लगाएत स्थानिय स्तरमा खेलिने खेलहरु खेलाइएको थियो ।
ब्याडमिन्टन तर्फ प्रथम हुरिकोट बिनोद लामा गोपाल लामा नगद ३० हजार शिल मेडल र प्रमाणपत्र दोस्रो त्रिपुरासुन्दरी नपा २ सागर बुडा मगर र सरद लामा नगद २० हजार शिल मेडल र प्रमाणपत्र तेस्रो मुड्केचुला गोरिलाल रोकाय मनिराम बुढाले १० हजार मेडल र प्रमाणपत्र हात पारे ।
फुटबल तर्फ प्रथम थापागाउ महिला फुटबल टिम ,नगत १५ हजार शिल मेडल प्रमाणपत्र,दोस्रो ,चौरिकोट महिला फुटबल टिम नगद १०"हजार मेडक प्रमाणपत्र ,तेस्रो महिला फुटबल टिम बि नगद ५ हजार ,प्रमाणपत्र र मेडल हात पारेका छन ।
महिला भलिबल तर्फ त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ११ बन्तडिका महिला भलिबल टिमले प्रथम स्थान हासिल गरि नगद १५ हजार शिल मेडल र प्रमाणपत्र हात पारे दोस्रो मा भलिबल टिम चौरिकोटले नगद १० हजार मेडल र प्रमाणपत्र तेस्रो हुन्र्मा काईगाउ महिला भलिबल टिम काईगाउले नगद ५ हजार मेडल र प्रमाणपत्र हात परि आ आफ्नो स्थान सुनिश्चित गरेका हुन ।
खेल जिरो लगानी बाट सुरु गरेर देस बिदेशमा भएका आफन्त ,साथी भाइ र सहयोगि मन भएकाले स्वैच्छिक सहयोग गरि आफुले खेल सान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सफल भएकोमा पाईले हिमाल युवा क्ल्बका अध्यक्ष हरिमान थापाले खुसी ब्यक्त गर्दै सबैलाई धन्यवाद दिए । अध्यक्ष थापाले भने पाईले हिमाल युवा क्लबले आयोजना गरेको कार्यक्रम युवा क्लबको मात्र नभेर सिङ्गो काइगाउ बासिको भएकोले हामी बाहिर दिने संदेश राम्रो दिनुपर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष भानु बुढाथोकिले कार्यक्रम धेरै राम्रो भएको खुसी ब्यक्त गर्दै आफ्नो स्थानिय स्तरमा भएका कला सस्कृतिहरुलाई प्रचारप्रसार गर्न र बाहिर ल्याउन मिडियाकर्मिहरुलाई अनुरोध गरे । जगदुल्ला गाउपालिका उपाध्यक्ष अमृता लामाले कार्यक्रम अशाध्यै राम्रो भएको , सिस्टमा कार्यक्रम चलाएको , प्रशङ्सा गर्दै कार्यक्रम सान्तिपुर्ण ,धाधलिरहित तरिकाले कार्यक्रम गरेकोले आगामि दिनहरुमा पनि यस्तै खेलकुद र स्थानिय कला सस्कृती संरक्षण हुने खालले कार्यक्रम गर्न आग्रह गर्नुभयो । कार्यक्रम करिब २ हप्ता सम्म संचालन गरि सम्पन्न गरिएको आयोजक पाईले हिमाल युवा क्लबका अध्यक्ष हरिमान थापाले बताउनुभयो ।