थप अनुसन्धानको लागि जिल्ला बाट एक टोलि घटना स्थप तर्फ जाँदै
कान्जिरोवापोष्ट
प्रेम थापा माघ १६ मुड्केचुला डोल्पा ।
डोल्पामा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं ४ ईलमा एक घरमा आगलागी हुदा एकजनाको जलेर मृत्यु भएको छ । अन्दाजि बर्ष ७५ का बादि बिककाे बुधबार बिहान ९ बजेको समयमा घरमा आगो लागि घर जलेको हो । घरमा भएका आफन्तहरु बिहानै कामकाज तिर गयकाे समयमा शारीरिक रुपमा अशक्त रहेका बिक अगेनाकाे नजिक सुतिरहेकाे अबस्थामा ओढेकाे बलाङ्गकेट सल्केर घरमा आगलागी भई बिककाे निधन भयकाे वडा अध्यक्ष कृति बहादुर बुढाले जानकारी दिनुभयो ।
आगलागी भएको थाहा भए पछि स्थानिय र नजिकै रहेको प्रहरी चौकी इलका प्रहरिले आगलागी भएको घरमा पुगि गाेठमा रहेका पशुबस्तु लगायत केही सामान उद्दार गरिए पनि वृद्ध बिकलाई सकुसल उद्दार गर्न नसकेको प्रहरी चौकी इलले जनाएको छ । घरमा के कारणले आगलागी भएको भन्ने थप अनुसन्धानका लागि जिल्ला बाट प्रहरी निरीक्षक सैलेन्द्र सराईलिको नेतृत्वमा एक टोलि घटाना स्थल तर्फ कादै गरेको जिल्ला प्रहरी कार्यलय डोल्लाले जनाएको छ ।
आगलागी भएको घरमा के कति सरसमान र सम्पत्ति जलेर नष्ट भएको भन्ने अहिले सम्म यकिन हुन नसकेकाे वडा अध्यक्ष बुढाकाे भनाई छ भने थप बिबरण आउन बाँकि रहेको छ ।