कान्जिरोवापोष्ट चैत्र २७,त्रिपुराकोट डोल्पा ।
त्रिपुरासुन्दरीमा नेपाल टेलिकम को NT FTTH सेवा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकमको नियमित सेवा विस्तार गर्ने कार्यक्रम अनुसार हाल डोल्पामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारमा तिव्रता दिएको छ । मंगलवार त्रिपुरासुन्दरी मा नेपाल टेलिकम को NT FTTH सेवा विस्तारको कार्य थालनीय गरेको हो । नेपाल टेलिकम को NT FTTH सेवा सुचारु भएसँगै त्रिपुरा सुन्दरी नगरपालिका वगर बजार क्षेत्रका नागरिकले हुदैं द्रुत गतिको ईन्टरनेट र फवन सेवा उपभोग गर्न पाउने भएका छन ।
नेपाल टेलिकमले त्रिपुरासुन्दरी नगरपालिकाको टावरबाट बगरमा रहेको वस्तिमा नेटवर्क गरि बितरण गरिने र राडिज्युलावाट आएको एडिएसएस फाइवर लिङ्कसँग समेत कनेक्शन गरिने द्रुत गतिको ईन्टरनेट र टेलिफोन सेवा दिने दुरसञ्चार कार्यालय डोल्पाका टेलीकम टेक्निशियन नवराज भट्टराईले जानकारी दिए । टेक्निशियन भट्टराईका अनुसार नयाँ वर्ष २०८२ को बैशाख महिनामा त्रिपुराकोट बगर बजार क्षेत्रका सर्वसाधारण ग्राहकलाई वितरण गर्ने तयारी रहेको र पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ र वडा नम्वर ३ को सु अनि जिउँमा बितरण गरिने बताए ।
नेपाल टेलिकम को NT FTTH सेवा सुरु भएसँगै ग्राहकले अब नेपाल टेलिकमको द्रुत गतिको न्युनतम (50Mbps देखी अधिकतम 1Gbps सम्मको ) इन्टरनेट NTTV, Telephone लगायतकको सेवा दिन नेपाल टेलिकम तयार रहेको दुरसञ्चार कार्यकलय डोल्पाका प्रमुख दया बिक्रम केसीले जानकारी दिए । अहिले ५ सय १२ लाइन क्षमताको डिभाइस राखिएको छ बेशाखमा त्रिपुराकोट बजार क्षेत्रमा विस्तार गर्ने र माग अनुसार नजिकका गाउँहरुमा वितरण गर्न सकिने कार्यलय प्रमुख केसीले बताए । हाल नेपाल टेलीकमले नेपाल टेलिकम को NT FTTH सेवा ठुलीभेरी नगरपालिकाको वडा नम्बर ३ र ४ अनि वडा नम्बर ७,८र९ मा सेवा दिई रहेको छ ।
यसका साथै त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्वर ५ को ल्हाँमा रहेको नेपाल टेलिकमको टारवामा ब्याट्रीको सम्स्याले गर्दा नागरिकले मोवाइल फोनको सेवा लिनवाट बञ्चित रहेका छन । नागरिकले गुनासो गरि रहेकाछन तर सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिएकोले महिना दिनदेखी नागरिक दिनमा घाम लागेको बेला मात्रै मोवाइले सेवा पाउने गरेको बताउछन ।