सरोज थापा Thursday, 8 May 2025

माथिल्लो डोल्पाको टाक्सी लेखमा चट्याङ्ग बाट एक जनाको मृत्यु

 कान्जिरोवापोष्ट  

सरोज थापा बैशाख २५ धो तराप माथिल्लो डोल्पा ।

माथिल्लो डोल्पाको टाक्सिको लेखमा चट्याङ लागि एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बुधबारुधबार बेलुकी अन्दाजी ४ बजे वरिपरिको समयमा आफ्ना याक ( चौरीगाई ) स्याहार गर्न तिन्जे जाने बाटोको श्युलाखको सा-सेम्रो भन्ने ठाउमा गएका डोल्पो बुद्द गाउपालिका वडा नम्बर ३ टाक्सी निवासि धावा गुरुङ्ग बर्ष ५३ को चट्याङ लागेर मृत्यु भएको स्थानिय झ्याम्पा लामाले जनाकारी दिए । उनी सङ्गै याक जम्मा गरि अर्को पाटनमा लगाउदै गर्दा गुरुङको चट्याङ्ग लागि मृत्यु भएको हो । असिना पानी परेको बेला ५ जना सङ्ग एकै ठाउँ भएको तर धावा गुरुङ्ग एक्कासि ग्रुप बाट बाहिर निस्कदा एक्कासि चट्याङ्ग परि मृत्यु भएको पत्येक्ष दर्सी खार्बा छिरिङ्ग गुरुङ्ग महिलाले जानकारी गरिन । 

चट्याङ्ग लागेर मृत्यु भएका धावा गुरुङको शरिर जलेर आधा भाग कालो भएको र चट्याङ्गले टुक्रा टुक्रा पारेको सङ्गै गएका अर्का प्रत्येक्ष दर्सी तेम्बा गुरुङ्गले बताए । उनी सङ्गै याक ( चौरिगाई ) लगाउन गएका सोही वडाका तेम्बा गुरुङ्ग , खार्बा छिरिङ्ग गुरुङ महिला,धोर्चे गुरुङ्ग  लगएत ४ जना बेहोस भएर लडे पनि होस आएर बाचेर सकुशल धो तरापको टाक्सी गाउको घरमा फर्किएका छन । 

टाक्सी गाउँ समुन्द्र सतह देखि  ४२ सय मिटर उचारमा बस्ती उचाईमा अबस्थित छ भने घटना भएको टाक्सिको श्युलाखको सा-सेर्बो भन्ने लेख्को उचाई समुन्द्र सतह देखि ४६ सय उचाईमा रहेको स्थानिय झ्याम्पा लामाले जानकारी दिनु भयो ।
Related News