सरोज थापा,भाद्र ३१ डोल्पा ।
डोल्पा जिल्लाबाट २०७४ सालमा प्रतनिधि सभामा निर्वाचत सांसद तथा पुर्ब राज्यमन्त्री धन बहादुर बुढाले आथिक सहयोग गरेका छन । दुबै मृगौला फेल भएका एक यूवालाई पूर्वराज्य मन्त्री बुढाले नगद पचास हजार आर्थिक सहयोग गरेका हुन । डोल्पा जिल्ला मुड्केचुला गाउपालीका ८ होर्तका दुबै मृगौला फेल भएका पिडितलाई बुढाले आर्थीक सहयोग गरेका हुन ।
१७ बर्षका धन चन्द्र बुढाको दुबै मृगौला फेल भई फोक्सुो र मुटुमा समेत जटिल समस्या भएको हुनाले हाल उनलाइ टिचिङ्ग अस्पताल काठमाण्डौमा उपाचार गराइ रहेका छन । मृगौला पिडित बुढाको आर्थीक अबस्था कम्जोर भएको र उपचारको खर्च परिवारले धान्न नसक्ने भएको हुदा उनको उपचारमा थोरै भएपनि राहात पुगोस भन्ने हेतुले उनको उपचार भइ हरेको अस्पतालमै पुगी नगद पचास हजार प्रदान गरेको बिरामीका आफन्त लोकेन्द्र बुढाले जानकरी दिए ।
बिरामीका आफन्त लोकेन्द्र ब्ुढाको अनुसार पूर्व राज्य मन्त्री बुढाको यो सहयोगले निकै ठुलो राहात मिलेको अनुभुति गरेको र यसरी नै नागरिकको सेवामा सर्मपित बु्ढाको सदैब भलो होस भनि धन्यबाद समेत प्रकट गरेका छन । दुख तथा समस्यामा परेका नागरिकको लागि सहयोगी बनेकै कारण डोल्पामा पूर्व राज्य मन्त्री धनबहादुर बुढा जनताको सामु निकै लोकपृय नेताका रुपमा परिचित रहेका छन । उनले डोल्पाबाट बिरामी भएका नागरिकका साथै जिल्लामा बिपतमा परेका परिवारलाइ समेत आर्थिक सयोग गर्दै आएका छन ।
बिरामी बुढालाइ नागारिक समाज डोल्पाले पनि नागरिक सहायता कोष बाट नगद सहयोग गरेको छ । हाल डोल्पा जिल्लामा निम्न आए भएका र उपचारै गर्न नसक्नेहरुलाई पनी आर्थिक सहयोग गर्दै आएको छ ।