सरोज थापा Friday, 18 November 2022

हेलिकोप्टरको हाबाले स्कुलको जस्ता उडाउदा ४ कप्युटर र भवनमा क्षति अझै पुर्ण कर्मचारी मथिल्लो डोल्पा पुग्न सकेनन ।

मंसिर २ दुनै डोल्पा । शुक्रबार दिउसो निर्बाचन कर्मचारी र मतदान समाग्री माथिल्लो डोल्पा लग्र्दै गरेको अबस्थामा सरस्वती माबि दुनैको कम्युटर भवनको जस्ताको छाना उडाएको छ । बिधालयको छाना उडाउदा सोही भवन भित्र रहेको धेरै कम्युटर मध्य ४ वटा म्प्युटरमा क्षति भएर बिध्यालय भवन चर्कि सिसि टिभी क्यामरा समेतमा क्षति भएको र अहिले भवन जिर्न अवस्था भएको बिध्यालयका प्रधानाध्यापक सत्य नारायण सिंहले बताए । नेपाली सेनाको ब्यारेक माथी र संग संगै  बिध्यालय भवन तल रहेकोले हेलीको उच्च हावाको बेगको कारण क्षति हुन गएको हो । 


अहिले बिध्यालयले केही सुरक्षाको लगाी सामान्य पलाष्टिकले छोपेर भएनी क्षति नभएको  समानको सुरक्षा गरेको छ । निर्बाचन लगत्तै बिध्यालय खुले पछी दैनिक पठन पाठनमा समेत गारो हुने भएकोले जिल्ला निर्बाचन कार्यलय , मुख्य निर्बाचन कार्यलय र सरोकार वालाहरुलाई क्षतिग्रस्त भवनको पुण निर्माण गर्नको लागी सम्बद्घ निकयाहरुलाई पहलको लागी आबश्यक सहयोगको तत्काल जरुरी देखिन्छ । 


प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्बाचनको लागी माथिल्लो डोल्पामा  नेपाली सेनाको हेलिकोप्टरले निर्बाचन कर्मचारीहरुलाई कार्तिक ३० गते देखि माथिल्लो डोल्पाका से फोक्सुन्डो गाउपालकिाको साल्दाङ्ग ,कोमास , निजाल , धुङधार ,नम्दो भिजेर , कुगाउ , फोटगाउ डोल्पो बुद्घ गाउपालीकाको सिमेन , तिन्जे ,र छार्का ताङसोङ्ग गाउपालीकाको बिशको उच्च स्थानमा रहेको मानब बस्ति छार्का भोटलगाएत माथिल्लो डोल्पाका १२ मतदान स्थलमा हेलिकोप्टर बाट मतदान कर्मचारी , सरक्षाकर्मी , म्यादी प्रहरी , अन्य सुरक्षा निकायहरलाई हेलिकोप्टर बाट लगिएको छ । 


मंसिर ३ गते पनि केहि कर्मचारीहरु सुरक्षाका लागी खटिएका प्रहरी र म्यादी प्रहरीहरु माथिल्लो डोल्पाका मतदान केन्द्रमा पुग्ने भएको छ । निर्बाचनको लागी मंसिर २ गते सम्म मतदानमा खटिएका कर्मचारीहरु पुग्न सकेका छैनन । 
 

Related News