सरोज थापा Tuesday, 22 November 2022

मङ्गलबार सम्म पनि पुगेनन माथिल्लो डोल्पा साल्दाङ्गका मत पेटिहरु ! बुधबार मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत

मंसीर ६ डोल्पा ! अझै माथिल्लो डोल्पाका ३ मत केन्द्रका मत पेटिकाहरु पुर्णरुपमा ल्याउन नसकेको मुख्य निर्वाचन कार्यलय डोल्पाले जनाएको छ ! जस्मा सेफोक्सुन्डो गाउपालिकाको साबिकको साल्दाङ्ग गाबिस वडा न २,३ र ४ का मत पेटिकाहरु सदरमुकाम दुनै पुग्न सकेका छैनन ! 

आज सम्म डोल्पा जिल्लाका पैदल बाटो देखि ल्याउने मत पेटिहरु मंसीर ४ गते आईतवार राती देखि आज मङ्गलबार  सम्म गरि ५७ मत केन्द्रका मत पेटिहरु मुख्य निर्वाचन कार्यलय मा पुगि सकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुबेदिले जानकारी दिए ! उनका अनुसार बुधबार  मात्र हेलिकप्टर देखि मतकेन्द्रका मत पेटिहरु लाईने बताए ! हेलिकप्टरको फ्युल नभएको कारण मङ्गलबार डोल्पा देखि सुर्खेत गएको बुधबार मात्र सुर्खेदेखी आएर मात्र मत पेटि दुनै ल्याउने जनाए !

मंसीर ५ र ६ गते मा माथिल्लो डोल्पाका छार्का ताङ्गसोङ्ग गाउपालिका ६ वटा मतदान केन्द्रका मतपेटि डोल्पो बुद्ध गाउपालिका ६ वटा मतदान केन्द्रका मतपेटि र से फोक्सुन्डो गाउपालिका ४ वटा मतदान केन्द्रका मत पेटिहरु हेलिकप्टरबाट आज मात्र दुनै ल्याईएको छ !  सेफोक्सुन्डो गाउपालिका पुङ्ग्मो र साइजाल मत केन्द्रको मत पेटिहरु पैदल बाटो बाट ६ घण्टा पछि मात्र दुनै सदरमुकाम पुग्ने भएको छ !

त्येस्तै जगदुल्ला गाउपालिका बाट ६ गते बिहान पैदल बाटो ल्याएका ६ वटा मतदान केन्द्रका मत पेटिकाहरु आज मङ्गगलबार राती मात्र करिब ९ घण्टा पछि मात्र दुनै पुग्ने भएको मुख्य निर्बाचन कार्यलयले जनाकारी दिएको छ !  

बुधबार मात्र जिल्ला भरका बाकी मत पेटिहरु पुग्ने मुख्य निर्बाचन कार्यलय डोल्पाले जानकारी दिएको छ ! मत पेटि र मतदान अधिकृत मात्र माथिल्लो डोल्पा बाट हेलिकप्टर देखि दुनै ल्याएको बाकी निर्बाचनमा खटिएका अन्य कर्मचारीहरु  भने लाईएको छैन ! 

Related News