सरोज थापा Wednesday, 23 November 2022

सबै मतमेटि सदरमुकाम पुग्यो ! सर्बदलिय बैठक बसि बुधबार ४ बजे पछि मात्र मत गणना हुने

मंसिर ७ डोल्पा ! डोल्पा जिल्लाका ६८ मतकेन्द्रका मत पेरिकाहरु  हेलिकप्टरबाट  बुधबार मात्र मुख्य निर्बाचन कार्यालय दुनैमा पुगेका छन ! भौगोलिक विकटता, उच्च हिमाली पहाड ,चिसो हिउँ मा हप्ता दिन पैदल हिनेर पनि अग्ला ५७/५८ सय उचाईका हिमालहरु सहजै पास गर्न नसक्ने भएको कारण र एउटा मात्र नेपाली सेनाको हेलिकप्टरबाट फ्युल सकिए पछि सुर्खेत बाट ल्याउनु पर्ने , अग्ला अग्ला हिमालमा उच्च हावाको बेगको कारण समयमै ल्याउन नसकेको मुख्य निर्वाचन कार्यलय डोल्पाले जनाएको छ !  

बुधबार मात्र सबै मतपेटिकाहरु दुनैमा पुगे पनि मत गनणा भने हुन सकेको छैन ! बुधबार सर्ब दलिय बैठक मुख्य निर्बाचन कार्यलय दुनैमा बसेको छ ! मुख्य निर्बाचन कार्यलयका अनुसार बुधबार  बेलुकी ४ बजे पछि मात्र मत गणना हुने भएको छ ! 

भने सर्ब दलिय बैठकमा माथिल्लो डोल्पाको मतकेन्द्रमा मतदातहरुले स्वतन्त्र पुर्बक मतदान गर्न नपाएको र निर्बाचन स्वच्छ नभएको भन्दै राप्रापा नेपालले बिरोध समेत गरेको छ ! केही समय बिमती भएता पनि अन्तत सबै सहामाति भएर बुधबार  बेलुकी ४ बजे पछि मात्र मतगणना हुने भएको मुख्य निर्वाचन कार्यलय डोल्पाले जानकारी दिएको छ ! 
 

Related News