१० भदौ, पोखरा । सैनिक आवासीय महाविद्यालय पोखरामा कक्षा १२ की श्रृया सुवेदी व्यवस्थापन संकाय पढ्छिन् । व्यवस्थापन संकाय लिएर पढे पनि व्यावसायिक रुपमा बजारसँग उनी खासै नजिक थिइनन् ।
सामान बनावट, बजारिकरण, बिक्री वितरण सुवेदीले कहिल्यै राम्ररी भोगेकी थिइनन् । तर, शुक्रबार विद्यालयकै प्रांगणमा उनी घरायसी सामान बेच्दै गरेको भेटिइन् । सामान बेच्न सुरु गरेको केही घण्टामै सबै सामान सकिएपछि शिक्षक नवराज बरालसँग भनिन्, ‘सर, ल्याएको सबै सामान सकियो । अरु सामान लिन जानुपर्ने भयो ।’




