सरोज थापा Sunday, 27 November 2022

एक दिनको लागि शिक्षा प्रमुख बनिन अध्ययनरत छात्रा ! ! फोटो फिचर

सरोज थापा ,१२ मंसिर, डोल्पा
डोल्पाको काईके गाउँपालिकामा रहेका अरनिको माध्यामिक विधालय कक्षा १० मा अध्ययनरत छात्रा दिपा ओली एक दिने शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख बनेकि छन। सभ्य समाजको निर्माण ः लैगिंक हिँसा विरुद्धको अभियान, भन्ने नाराको साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान गल्स् टेक ओभर अन्तरगत कक्षा १० मा पढ्ने छात्रा दिपा ओलीलाई शिक्षा शाखा प्रमुखको एक दिने जिम्मेवारी दिइएको हो ।

स्याक नेपाल डोल्पाको आयोजनामा पलान ईन्टरनेश्नल नेपालको सहयोगमा आयोजित एक कार्यक्रमबा विच काईके गाउँपालिका शिक्षा शाखा प्रमुख गोविन्द घर्तीले अरनिको माध्यामिक विधालय शहरतारा डोल्पामा अध्ययनरत छात्रा दिपा ओलीलाई आफ्नो कार्यकक्षको कुर्सि सहित सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

काइके गाउँपालिकाको सहयोगमा अरनिको माध्यामिक विधालयमा माध्यामिक तहसम्म निशुल्क पठनपाठन,आवाश,खानपिन,पोशाक, सहितको कम्प्यूटर ईन्जिनियर तर्फको प्राविधिक धार पठनपाठन भैरहेको काइके गाउँपालिका शिक्षा शाखा प्रमुख गोविनद घर्तिले बताए । यस बर्ष पनि पालिकाले शिक्षा तर्फ रु ५० लाख बजेट विनियोजन गरेको र उत्कृष्ट विषय शिक्षकलाई रु २० हजार, उत्कृष्ट विधालयलाई २ लाख रुपैया पुरस्कार दिने तयारी रहेको पनि शिक्षा शाखा प्रमुख घर्तीले जानकारी दिए । यस्तै सामुदायिक विधालयमा गुणस्तीय शिक्षा संचालन गर्नको लागि प्रअहरुलाई नियमीत वैठक शिक्षकलाई तालिम दिने जस्ता कार्यहरु भैरहेको घर्तीले बताए ।

गुणस्तीय शिक्षाको लागि काईके गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्रथामिकताका साथ काम गरिरहेको काईके गाउँपालिका डोल्पाका अध्यक्ष अंगद कुमार रानाले बताए । साना बालिका एक दिन भएपनि शिक्षा शाखा प्रमुख हुदा यसले छात्राहरुमा मनोवल बढ्ने र यो उदाहरणिय काम भएको भन्दै गर्भ लागेको अध्यक्ष रानाले उल्लेख गरे । अध्यक्ष रानाले आगामी दिनमा पालिकाले शिक्षा क्षेत्रमा विशेष प्रथामिकताको साथ जोड दिन आग्रह गरे । 


काईके गाउँपालिकाले विगत एक बर्ष देखि आफ्नै लगानीमा माध्यामकि तह सम्म निशुल्क प्राविधिक धार तर्फको गुणस्तरिय शिक्षा दिदै आईरहेको काईके गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता रामचन्द्र रोकायाले जानकारी गरे । पालिकाको सहयोगमा काइकेको एक मात्र माध्यामिक विधालय अरनिको माध्यामिक विधालयमा विधार्थीहरुलाई निशुल्क पठनपाठन,खाना,बस्न,पोशाक, लगाएतको व्यवस्था गरेको र जिल्लाका विभिन्न ठाउँहरुबाट र छिमेकी जिल्लाहरुबाट पनि वालवालिका गुणस्तरिय शिक्षाको लागि आएको प्रति गाउँपालिकाको गर्भको विषय रहेको प्रवक्ता रोकायाले बताए ।

स्याक नेपालको आयोजना तथा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा काईके गाउँपालिका भित्रका विभिन्न ७ वटा सामुदायिक विधालयहरुमा शैक्षिक गतिविधिहरु हुदै आईरहेको स्याक नेपाल डोल्पाको कार्यक्रम संयोजक शशी पाण्डेले बताईन । उनका अनुसार सामुदायिक विधालयहरुमा शैक्षिक सामाग्री वितरण निर्माण गर्नुको साथै शिक्षक अभिभावक,विव्यसलाई विभिन्न शैक्षिक अभिमुखिकरण तालिम  दिने काम भैरहेको संयोजक पाण्डेले बताईन ।

एक दिने शिक्षा शाखा प्रमुख बनेकि छात्रा दिपा ओलीले सामुदायिक विधालयहरुका अवस्था आवश्यकता र समस्या समाधानका लागि माग सहितको निवेदन काईके गाउँपालिका डोल्पाका अध्यक्ष अंगद कुमार रानालाई बुझाएकि छ्न ।

यस्तै स्याक र प्लान संग सहकार्य गरेर शैक्षिक क्रियाकलापमा गर्न काईके गाउँपालिका सधै तयार रहेको निमित्त प्मुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद रिजालले बताउनु भयो । उहाँले पालिका भित्र गुणस्तरिय शिक्षाको लागि सवै संग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न जिल्लाका सरोकार वाला व्यक्तीत्वहरुको सहभागीता रहेको थियो ।

Related News