सरोज थापा Wednesday, 7 December 2022

नेपाल लाईफ ईन्स्याेरेन्सकाे अभिकर्ता तालिम मुड्केचुलामा ।

 मंगला बुढा मंसिर २१ , मुड्केचुला डोल्पा ! नेपाल लाईफ ईन्स्याेरेन्स डोल्पा उप शाखाले तिन दिने अभिकर्ता तालिम मुड्केचुला गाउपालिकाको नर्कुमा बुधबार देखि संचालन गरेको छ । २३ जना सहभागीहरुमा २० जना नयाँ अभिकर्ताहरुलाई तालिम दिएको उपशाखा प्रमुख पदम शाहिले बताए ! तालिम दिनको मुख्य उदेश्य बिमा गराई जोखिम न्यूनीकरण , जीवन रक्षाको लागि र सबैलाई आर्थिक भार कम गर्नको लागि तथा बिमा प्रातिको बिस्वस्नियताको लागि तालिम संचालन गरेको प्रमुख शाहिले बताए ! उनले थपे मानिसकाे जिबनमा हरेक क्षणहरु अनिश्चताले घेरियकाे हुनाले भाेलिकाे समयमा कस्काे जीवनमा के समस्या आइपर्छ कसैलाइ पनि थाहा हुदैन ।आजकाे समयमा प्रदुषित वातावरण र अस्वस्थकर जीवन शैलीबाट धेरै जसाे ब्याक्तीहरु घातक राेगकाे सिकार बन्न पुगेका छन् । घातक राेग र यस्काे महङ्गगिदाे अैषधी उपचारबाट पर्ने आर्थिक भारले जाे काेहि पनि संकटमा पर्न सक्छन् । त्यसैले भबिस्यमा पर्न सक्ने संकटबाट सुरक्षा प्रदान गर्न , इन्स्याेरेन्सले घातक राेग सुबिधाकाे पुरक करार जनसक्षम प्रस्तुत गरेकाे छ । जस्ले मुल बीमा याेजनासँग जाेडियर तपाइ र तपाइकाे परिवारलाइ सुरक्षा प्रदान हुने नेपाल लाईफ इन्स्योरेन्स डोल्पा शाखाले जानकारी दिएको छ !

Related News