कान्जिरोवा संबाददाता गायत्री शाहि मसिंर २८ डोल्पा !
प्लान र स्याक नेपालको आयोजना र स्टीम अहेडको सहजिकरणमा ठुलिभेरि नगरपालिका वडा नं ७ मा रहेको श्री आर्दश माध्यामिक बिध्यालयमा बिध्यालय अनुगमन गरिएको छ ! श्री आर्दश माध्यामिक बिध्यालयलमा सीसु कक्षा देखि कक्षा ८ सम्ममा प्लान नेपाल को सहयोगमा शैक्षीक सामाग्रीहरु बितरण , साना बालबालिकाहरु पढने कक्षा ५ सम्म बिछ्याउँने कार्पेट लगायत शिक्षण सामाग्रिहरु सहयोग भएको आर्दश मा बिका प्रधानध्यापक बालकुष्ण डागिले बताए ।
स्याक नेपालले केहि समय अगाडि गल्स टेक वभर कार्यक्रम संचालन गरेर छात्राहरु लाइ कसरि सक्षम बनाउँने भन्ने बिषयमा सहयोग गरेको र छात्राहरुलाइ प्याड पनि बितरण गरिएको थियो !
बिध्यार्थिहरुले आफना आवश्यकता र चाहना ब्यक्त गरुन भनेर सुझाव पेटिका राखेको बिध्यालयले जानाएको छ !
उक्त बिध्यालय अनुगमन कार्यक्रममा हाल सम्म बिध्यालयमा भएका शैक्षीक बिकासहरुको बारेमा जानकारि गराईएको थियो बिध्यालयमा भएका कान नसुन्ने र बिभिन्न शारिरिक अपाङ्गता भएका बिध्यार्थिहरुलाइ छुट्टै शैलिमा उनिहरुलाइ सहजहुने तरिकाले पठन पाठनको ब्यवस्था मिलाईएको छ ! यस बिध्यालयमा प्लान नेपाल र स्याक नेपालको सहयोगमा बिध्यालयमा स्टीम ल्याप लयायत सोलरको पनि स्थापना भएको छ ।
कार्यक्रममा स्टीम अहेट नेपाल का प्रमुख प्रेम चन , प्रमुख जिल्ला अधिकारि वेदनिधि अधिकारि , जिल्ला समन्वय प्रमुख श्याम रोकायाले अनुगमनमा मन्तव्य राख्दै यी कार्यक्रमले बिभिन्न ठाउँहरुमा गर्दे आइरहेको शैक्षिक कार्यक्रमहरु अति महत्वपुर्ण र शैक्षीक क्षेत्रमा राम्रो प्रभाव पारेकोले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रमको अन्त्यमा यश कार्यक्रमका बारेका छलफक समिक्षा समेत गरिएको छ ।
अनुगमनको लागि प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारि,जिल्ला समन्वय प्रमुख स्याम रोकाया ,शिक्षा प्रमुख शिक्षा विकास तथा समन्वय इकाइ कार्यलय निमित्त
प्रमुख सिर्जना केसि ,आर्दर्श माबि का प्रअ बालकुष्ण डागि, वडा नं ७ का वडा अध्यक्ष ध्रुवबिक्रम शाहि ,पत्रकार लगायत स्याक नेपाल र प्लान नेपालका कर्मचारिहरु सरोकारवालाहरुको उपस्थितिमा अनुगम गरिएको छ !




