सरोज थापा Tuesday, 17 January 2023

रुपगार्ड तातोपानी जाने खाेलाकाे काठेपुल जीर्ण हुदा समस्या

 माघ  ३ डाेल्पा - डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नं. ८ मा पर्ने रुपगार्ड तातोपानी जाने खाेलामा काठेपुल जीर्ण भएपछि यात्रुलाई समस्या भएकाे छ । रुपगार्ड तातोपानी जादा विचमा पर्ने पुरानो काठेपुल कुहिएर गले पछि आवतजावतमा समस्या भएकाे हाे ।

काठेपुल भत्किदा स्थानीय तथा बाह्य नागरिकलाई आउनजान समस्या भएकाे स्थानीयले बताएका छन । रुपगार्ड खाेलाकाे भेरी पनि ठुलाे भएकाे र काठेपुल पनि कुहिएर भत्केकाे हुदा समस्या भएकाे गुनासो बढेकाे छ ।

जिल्लाका विभिन्न स्थानहरुबाट र छिमेकी जिल्लाबाट तातोपानी नुहाउनकाे लागि रुपगार्ड तातोपानी पुग्ने गर्दछन । प्रायः बृद्व बृद्वा महिलाहरु तातोपानीले नुहाउने गर्दछन् । मंसिर महिना देखि बैशाख सम्म तातोपानीले नुहाउदा घुडागाठा दुख्ने लगाएतका विभिन्न राेग संन्चाे हुने बिश्वास गरिन्छ ।

प्रत्येक बर्ष एक दिनमा तीन पटक भन्दा धेरै तातोपानीमा बस्ने अनि बेलाबेलामा मिठामिठा परिकार मासु,अण्डा,चिल्लाे खानाले शरिरिरमा भएका विभिन्न राेगहरु निकाे हुने परम्परागत विश्वास रहेकाे छ । रुपगार्ड तातोपानीकाे पाेखरीमा बर्खाकाे समयमा बाढीले वालुवा भरेकाेले नुहाउन पनि समस्या हुने गरेकाे  स्थानीयले बताएका छन । तातोपानीकाे पाेखरी र बिच भागमा रहेकाे काठेपुल तत्काल निर्माण तथा मर्मत गर्न स्थानीयले सम्बन्धित निकायलाई आग्रह गरेका छन ।

डाेल्पामा तातोपानीका मुहान दुई वटा रहेका छन । ठुलीभेरीमा पर्ने रुपगार्ड तातोपानी र काईकेमा पर्ने शहरतारा तातोपानी चैत महिना सम्म भिड हुने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने तातोपानीका मुहान संरक्षणमा स्थानीयले सरकारले बिशेष जाेड दिनु पर्ने जानकारले बताएका छन ।

रुपगार्ड तातोपानी संरक्षण र व्यवस्थापन गर्न सके स्थानीय व्यवसायीलाई राम्राे हुने भएकाेले विशेष  कार्ययोजना आगामी , नगर कार्यसमितिको बैठक र नगर सभामा पेश गर्ने ठुलीभेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनराम ठकुल्लाले बताए । रुपगार्ड बिच खाेलामा रहेकाे काठेपुल जीर्ण हुदा तातोपानी नुहाउन जाने सर्वसाधारण नागरिकलाई समस्या भएकाे छ भन्ने गुनासो आएकाे छ समस्या समाधानको लागि म तत्काल सम्बन्धित निकायहरुमा पहल चाल्ने तयारी रहेकाे वडा अध्यक्ष ठकुल्लाले बताए ।

Related News