सरोज थापा माघ ७ डोल्पा ! डोल्पा जिल्लाको त्रिबेणिमा निर्माण हुनु पर्ने पक्की पुल निर्माणको जिम्मा लिएको कम्पनिले हेलचक्र्याई गर्दा पक्कि पुल अहिलेसम्म बन्न सकेको छैन ! निर्माणको जिम्मा लगेको क्याराभान हिराचन कन्स्ट्रक्सनले पक्की पुल निर्माणको लागि जिम्मा लिएको करिब साडे ३ बर्ष बितिसक्दा पनि पक्कि पुल बनाउन सकेको छैन ! रास्ट्रीय गौरबको आयोजना जगदुल्ला हाईड्रोपावर निर्माण दिन प्रतिदिन पछि धकेलिरहेको सथानियहरुले बताएका छ्न ! सथानियका अनुसार टेस्ट टनेल र पक्की पुलको बोलपत्र भएको सङ्ग सङ्गै भए पनि टनेल यक्दमै छिटोछरितो र उदाहरणिय तरिकाले काम सम्पन्न भएको बताए भने क्याराभान हुराचनले एकदम हेल्चक्र्याई र लापरबाही गरि जिम्मा लिए अनुसार कामै नगर्ने बताए ! पछिल्लो समय करिब एक बर्ष अगाडि देखि क्याराभान हिराचन कन्स्ट्रक्सनले काम गर्न नसक्दा रेट्रो ट्रेक र जेबि कन्स्ट्रक्सनलाई जिम्मा दिए यता सामान्यतया काम भैरहेको छ भने पक्की पुलको लागत करिब १५ करोडको रहेको जगदुल्ला हाईडोले जनाएको छ !
पुलबन्ने ठाउँ ठाउमा स्थानिय बासिन्दाहरुको खेती योग्य जमिन र घर भएकोले घर जग्गाको उचित मूल्य तथा मुवाब्जाको एक बर्ष अगाडी देखि माग गर्दा पनि बेवास्था गरेकोले निर्माण हुँदै गरेको पक्की पुलको काम तत्काल अगाडि बढ्न नदिने जग्गा धनी माधब रोकाया लागएतले चेतावनी दिएका छन ! उनका अनुसार उचित मूल्य र मुवाब्जा नदिए काम गर्न नदिने ठोकुवा गरे ! अहिले पछिल्लो समयमा निर्माणको कार्य गरिरहेको रेट्रो ट्रेक र जेबि कन्स्ट्रक्सनका प्रोपाईटर बादल बुढाले भने अहिले पक्की पुल निर्माण हुने ठाउको जग्गा धनिको जग्गाको मुल्य तथा मुवाब्जा अहिलेसम्म जगदुल्ला हाईड्रोपावर र जिल्लाका जिम्मेवार निकाय प्रजिअले कुनै टुङ्गो लगाउन नसक्दा काम गर्न अबरोध हुने सक्ने अबस्था आएको र काम गर्न गारो भएको बताए !
उता जगदुल्ला हाइड्रो पावरले भने अबको एक महिना पछि जग्गा धनिले पक्की पुल बन्दा लाग्ने जग्गाको मुल्या के कति पाउने भन्ने बिसयमा फागुन महिनाको पहिलो हप्तामा डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी मूल्य निर्धारण तथा छानबिन समिती अध्यक्ष रहने भएकोले बैठक बसेपछी मुल्या निर्धारण गरि सोही अनुसार जग्गाको मुवाब्जा जग्गा धनिहरुलाई उपलब्ध गराउने जगदुल्ला हाईड्रो पावरका सन्जय सापकोटाले बताए !
अहिलेसम्म जिम्मेवार निकाय र जिम्मा लगेका विभिन्न तह तप्काका निकायहरुले ढिला सुस्ती गर्दा जगदुल्ला हाईड्रोपावरको निर्माण कार्य पछि धकेलिएको बुझिन्छ ! अहिलेसम्म जग्गाको मुवाब्जा भने जग्गा धनीहरुले पाउन सकेका छैनन भने पुलको निर्माण कार्य ४/४ बर्ष सम्म पुग्दा पनि फाउन्डेसन सम्म बन्न सकेको छैन !




