सरोज थापा Sunday, 29 January 2023

रवि लामिछानेले लिए नेपाली नागरिकता


सरोज थापा  माघ १५ डोल्पा ! 
 


रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिइन्। 

साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हुन्। सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो। 

सो फैसलासँगै उनकाे सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र  पार्टी सभापतिको पद खारेज भएको थियो। उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिए । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएनन्। 

लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

Related News