सरोज थापा Sunday, 27 August 2023

कविता ( बागडोर का बालेन ) रुपलाल बोहोरा( संगिन)


( बागडोर का बालेन ) 

बागडोर  का बालेन तिमी सिंहदरबार लाई नहेर ।
सिंहहरु लुछाचुँडि,भर्दै भुँडी सकिनेछन,तिम्रै अगाडी,
तिमी पहिचान, गुमेको सभ्यता खोजिरहेका छौ देशमा
सुन्दर शहर को जिम्मेवारी तिम्रै काँधमा छ अठोट पनि 


सिंहदरबार त हत्यारा,नरसंहारकारी तस्कर को हुल हो, पुर्ण बन्ने छौ साथ सज्जनहरुको,यात्रा महासागर को छ,
सिंहदरबार लज्जित बन्दैछ, नकचराहरु देखेर होला
तिमी लालटिन बोकेर ,मुट्ठी कसेर आशा बनेका छौ। 


कोहि सिंहहरु,अतिबादी त कोहि आदर्शबादी पनि
मर्दा पखेटा पलाउँछ कमिलाको,उसैगरी सकिन्छन,
लम्किराख तिमी निरन्तर,पछि चम्किने छौ तारा सरी
हिंस्रकहरुले तर्साउँनेछन,खुट्टा कमाउने छुट छैन 


भीष्म प्रतिज्ञाबाट , सुनौलो सपना पुरा हुनेछ अवश्य 
भुलाउँछन,झुलाउँन सक्छन,सचेत र सजक बन्दै जाऊ,
हुनेछन काँतर र मान्ने छन आत्मा ग्लानि काम देखेर,
देशले पाएको,समयमा उदाएको व्यक्ति हौ,तिमी।।। 


 त्यसैले तिमी बागडोरको बालेन हौ।
हो त्यसैले तिमी बागडोरको बालेन हौ।।

रुपलाल बोहोरा( संगिन)
मुड्केचुला गा पा ६ नर्कु 
        डोल्पा
Related News