कान्जिरोवापोष्ट जेठ २३ दुनै डोल्पा ।
( कविता )
त्रिपुरासुन्दरी माताको दर्शन
वरिपरि छन समथर भाग दुवै तिर छन नदी
बिचमा छ उठेको भु-भाग जहाँ छ मन्दिर ।१।
फरक भूगोल आकार शैलीको छ बनावट, हरियाली मनमोहक दृश्य र लोभलाग्दो छ सजावट ।२।
पारीबाट हिउँदले सिंगारिएको, मुकुटेश्वर हिमाल चम्किन्छ
हरियाली डाँडामा, चराचुरुङ्गी गित गाउँदै रमाएको देखिन्छ ।३।
१११४ मा स्थापना भएको, रहस्यमय छ ईतिहास
माताले ईच्छा पुरा गर्छिन, जनमानसमा छन विश्वास ।४।
सुन्दर शान्त छ वातावरण, हरियाली र शितल
खप्तड बाबाले सिद्ध प्राप्त गरेको, यहि हो पवित्र स्थल ।५।
विजया दशमी चैते दशैं, शिवरात्रीमा लाग्ने गर्छन् मेला
मनकामना र आशीर्वाद पाउन, भक्तजनहरु हुन्छन् सधैं भेला ।६।
आरु ओखर अनार स्याउ अरु धेरै छन आकर्षण
घुम्दा घुम्दै नौ रुपी दुर्गा माताको, गर्न जाऔं दर्शन ।७।
फा. कृष्ण नन्दन मेहता
२०८० असार ३०, डोल्पा