सरोज थापा Friday, 12 April 2024

नयाँ साल ( कविता )

नयाँ साल  ( कविता ) 
 
२०८० चैत्र ३० कान्जिरोवापोष्ट  

मिति बदलियो साल बदलियो, न देशको व्यवस्था बदलियो न जनताको अवस्था बदलियो 
क्यालेन्डर बदलियो काल बदलियो, न हामी बदलियो न हाम्रो हाल बदलियो ।।१।।

उठ युवा उठ एकासीमा उठ ! व्यवस्था फेर्न उठ, अवस्था फेर्न उठ
अब धेरै न सुत, सम्मानको लागि उठ, स्वाभिमानको लागि उठ ।।२।।

नयाँ जोश र उल्लासको साथ लिऔँ नयाँ संकल्प 
उन्नति र प्रगतिको लागि खोजौँ नयाँ विकल्प  ।।३।। 

गल्तीबाट सिख, सफलताबाट हौसला लिऔँ
नयाँ इतिहास रच्न, आजैबाट फैसला लिऔँ ।।४।।

त्यागौँ रिस राग द्वेष, झुकेर पुरानो नातेदारलाई जोडौँ
पाइलामा पाइला मिलाई, समझदारीमा अगाडी बढौँ ।।५।।

नयाँ वर्षले सबैको जीवनमा खुशी र हर्ष ल्याओस
अग्रजको आशीर्वादले जुडशीतल, सुख, समृद्धि छाओस ।।६।।

फा. कृष्ण नन्दन मेहता 
२०८० चैत्र २३, डोल्पा
#नववर्षकोसबैमाशुभकामना🙏🙏
Related News