सरोज थापा Monday, 27 January 2025

कबिता ( नर्स )

कान्जिरोवापोष्ट माघ १४ गते २०८१ दुनै डोल्पा ।


कबिता  ( नर्स )

भोक, प्यास, निन्द्रा रोकेर अनवरत रूपमा रोगीको सेवा गर्दा पनि मान्छिन हर्ष
सेतो एप्रोनमा पिडाका दागहरु लुकाएर बस्न सक्छिन उनी हुन नर्स ।।१।।

रोगी जतिसुकै गम्भीर होस, जान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संर्घष
सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन नर्स ।।२।।

बिरामी सेवामा आफ्नो जान दाउमा लगाउँछिन नरमाईकन हरेक चाडपर्व वा नव वर्ष
रोगी निको हुँदा केवल एक मुस्कानमा खुसी हुन सक्छिन उनी हुन नर्स ।।३।।

बहिनी जस्तो माया र आमा जस्तो स्नेह दिदाँ पनि, थोरै काम बिग्रदा पाउँदैनन् जस
बिना प्रतिक्रिया डाक्टरको गाली सुन्न सक्छिन उनी हुन नर्स ।।४।।

कतिपय बिरामीको अवस्था हेरी, मानवताको देवीले गर्छिन् स्वयं पैसा खर्च
धनी, गरिब, दुखी, असहाय, पीडित जसलाई भेदभाव रहित सेवा गर्न सक्छिन उनी हुन नर्स ।।५।।

सामानको अभावमा जुगाड लगाउन सक्छिन गरेर बिचार विमर्ष
निस्वार्थ सेवा, ईमानदारिताको पैशा र दु:ख लुकाएर जो स्माईल दिन सक्छिन उनी हुन नर्स ।।६।।

कर्तव्य परायणता, मानवता धनीको सम्मानको लागि मनाईन्छ नर्सिङ दिवस हरेक वर्ष
बिरामीको चाप, डाक्टरको डाँट, कुरुवाको किचकिचमा पनि मुस्कान सहितको सेवा दिन सक्छिन उनी हुन नर्स ।।७।।

नर्स केवल शब्द होईन, मानवता सेवाको आसमान हो 
नर्स भएर सेवा गर्न पाउनु, ईश्वरको वरदान हो ।।८।।

फा. कृष्ण नन्दन मेहता
स्वास्थ्य सेवा कार्यालय, डोल्पा

Related News