सरोज थापा Friday, 22 November 2024

एन्टीमाइक्रोबियल रेजिस्टेन्स (ए.एम.आर.) सचेतना ( कविता )

कान्जिरोवापोष्ट मंसिर ७ दुनै डोल्पा ।


एन्टीमाइक्रोबियल औषधिहरुको अत्यधिक प्रयोग र दुरुपयोगले निम्त्याउछ, ए.एम.आर.को विकास
समुचित प्रयोग र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधिको पूरा मात्रा सेवन गरे रेजिस्टेन्सबाट पाइन्छ निकास ।।१।।

सेल्फ मेडिकेसनले बल्झिन्छ रोग, पैसाको भोग्नु पर्छ हार
अस्पताल पुग्न ढिला भइसकेको हुन्छ, बनिन्छ कैयौं रोगको सिकार ।।२।।

स्वास्थ्यकर्मीको सिफारिस र निगरानीमा मात्र औषधिको सेवन गरौं
सेल्फ मेडिकेसनलाई त्यागौं, लक्षण हराएता पनि औषधिको मात्रा पूरा गरौं ।।३।।

औषधि किन्न नसक्दा वा मात्रा बिर्सिदा स्वास्थ्यकर्मीसंग खुलेर कुरा राखौं
प्रेसक्रीप्सन अनुसार नछुट्टाइ पूरा समय सम्म औषधि लिऔं ।।४।।

जथाभावी एन्टिबायोटिकको प्रयोगबाट ब्याक्टेरिया सुपरबग बनी औषधिले गर्न सक्दैन काम
ए.एम.आर.ले गर्दा वर्षेनी जान्छन् लाखौं बिरामीको प्राण ।।५।।

उचित चेकजाँच गरि, मात्र गरौं रोगको निदान
रेसनल प्रेसक्रीप्सनको लागि गर्न चाहन्छु, सम्पुर्ण स्वास्थ्यकर्मीमा आह्वान ।।६।।
   
       फा. कृष्ण नन्द मेहेता
जिल्ला स्वास्थ्य कार्यलय दुनै डोल्पा । 

Related News