कान्जिरोवापोष्ट
२०८० फागुन २४
नारी ( कविता )
सुन्दर समाज निर्माणको आधार हो नारी, एक्लै भएर पनि पूरा परिवार हो नारी
कसैको आमा, कसैको पत्नी, कसैको दिदिबहिनी, हरेक सम्बन्धमा सहनशीलता, प्रेम र त्यागको संसार हो नारी ।।१।।
तपस्वी, महान बहुरुपी धारणी, संस्कृति, संस्कार हो नारी
हरेक जीवनको आधार हो नारी, घृणाको दुनियाँमा प्यार हो नारी ।।२।।
नारी तिम्रो रुप छ अनेक, हरेक रुपमा छौं तिमी सर्वश्रेष्ठ
उठ आफ्नो अस्तित्वलाई सम्हाल, आज मात्र हैन हरेक दिनको लागि छौं विशेष ।।३।।
अन्याय हेर्नुस् त ! नारी बिना संसार नचल्ने, नारीको जातिय सम्मान पनि खोस्ने
थर हुँदा घरको भर नहुने, घर हुँदा नारीको थर नचल्ने ।।४।।
नियत नै खराब भएपछि, छोटो लुगा होस वा सारी
आफू निर्दोष असहाय हुँदा पनि, समाजको ताना भोग्ने नारी ।।५।।
ईश्वरको बरदान, फरक क्षमता र काम, प्राकृतिक रुपमा नै छन अब्बल
शिक्षा, अवसर र सम्मान पाए, नारी हरेक क्षेत्रमा छन सबल ।।६।।
काममा निराला अनुराधा कोईराला, पर्वतारोहीको उर्जा पसाङ ल्यामु शेर्पा, असहाय बच्चाको सुनौलो आशा सिएनएन हिरो बस्नेत पुष्पा, लास व्यवस्थापनमा अझै अगाडि बढ सपना रोकामगर तथा ज्ञात अज्ञात समाजसेवी नारीहरु प्रति छु अभारी
जय जय जननी, जय जय नारी ।।७।।
✍️फा. कृष्ण नन्दन मेहता
देवानगन्ज गा.पा.-३, सुनसरी
हाल जिल्ला अष्पताल डोल्पा ।।