सरोज थापा Saturday, 23 March 2024

कविता होली

कान्जिरोवापोष्ट १० चैत्र २०८०

रंगहरुको पर्व हो होली, खाएर मालपुवा मिठाई र भांगगोली
हर्षउल्लासको साथ खेलौं, भेला भई साथीहरूको टोली ।।१।।

प्यार, भाईचारा र मधुर बोली, रंगहरुको बनाऔं रंगौली 
राधेकृष्णको प्रेमजस्तै, साथीभाई आफन्तजन संग खेलौं मज्जेदार होली ।।२।।

रंगको न धर्म हुन्छ न जात, प्रेमको रंगले ल्याउँछ खुशी र सौगात 
बसन्त ऋतुमा फूलको साथ, गर्नुस् रंग र अबिरको बर्साद ।।३।।

त्यागौं रिस राग द्वेष र घमण्ड, सम्झेर होलिकाको दहन
प्रेमको रंग खुशी र उमङग, भिज्यो तन मन आफन्तजनको संग ।।४।।

आज रंग्नुस तन मन, रंग्नुस सारा धर्ती 
रंगले भरियोस सबैको जीवन, पाएर अग्रजको अर्ती ।।५।।

होलीको अवसरमा, भरोस खुशीले सबैको झोली
तडकभडक मादल मृदङग संगै सबैमा ह्यापी होली ।।६।।

फा. कृष्ण नन्दन मेहता
२०८० चैत्र १०, डोल्पा 
स्वास्थ्य सेवा कार्यालय, डोल्पा
Related News